फाइल फोटो

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ बस्तिपुर र मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रङ जोड्ने पुल निर्माण गरिने भएको छ । यहाँका स्थानीयहरुको वर्षौ देखिको समस्यालाई समाधान गर्नका लागि पुल निर्माण गर्न लागिएको हो ।
बागमती प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनले चालु आर्थिक वर्षमा टेण्डर मार्फत पुल निर्माणको काम थाल्दै छ । ८ करोड रुपैयाँ लागतमा पुल निर्माणको काम गर्न लागिएको हो ।
पुल निर्माण भएपछी हेटौंडा उपमहानगरपािलका क्षेत्र र मनहरी गाउँपालिकाका नागरिकलाई ओहोर दोहोर गर्न र सवारी साधान वारपार गर्नका लागि सहज हुने पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी