दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थाहा नगरपालिका सेवा केन्द्रको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको थाहानगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका केन्द्रिय अध्यक्ष डाक्टर गणेश लामाको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको विशेष आतिथ्यता रहेको थियो।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडाबाट लक्ष्मण सुवेदी, मिठाराम दाहाल, ज्योति रायमाझीलगायत थाहानगर सेवा केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको साधारणसभा भएको हो । पालुङ सेवा केन्द्रक इकाई संयोजक भरत गोपालीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थाहा सेवा केन्द्रको कुल कारोबार ६ करोड ६७ लाख सहितको आयव्यय प्रस्तुत गरेका थिए । ८ सय ५६ सदस्य रहेको सेवा केन्द्रको शेयर रकम ३३ लाख ९१ हजार, बचत ८५ लाख रुपैयाँ र कर्जा लगानी ५ करोड ३९ लाख रहेको प्रतिवेदन प्रस्तुत गर्दै संस्था प्रती शुभेच्छा राख्नेहरुलाई धन्यवाद व्यक्त गरे।

साधारण सभामा व्यवस्थापक राममाया खत्रीले स्वागत गरिन् । साधारणसभामा अतिथिहरुले संस्थाको बित्तीय प्रगतिको मुल्यांकन उच्च रहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी