मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले इजरायलमा भएको युद्धमा परी अलपत्र भए फोन गर्न अनुरोध गरेका छन् । ७ नम्बर वडा कार्यालयले सूचना जारी गरी इजरायलमा हमास समूद्वारा इजरायलमाथि आक्रम हुँदा आफ्नो वडाको केही त्यहाँ समस्यामा परे फोन गर्न अनुरोध गरेका हुन् ।
इजरायलमा प्यालेष्टानी लडाकू हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरुप्रति अध्यक्ष थिङले दुःख व्यक्त गरेका छन् । उनले सूचनामा वडाका कसैलाई उद्धार गर्नुपर्ने भएमा वडाध्यक्ष तथा वडा सचिवलाई ,फोन गर्न आग्रह गर्दै मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।
हेर्नुहोस सूचना




















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्