थाहा नगरपालिकाका विद्यालयहरुमा चालु शैक्षिक सत्रमा २ दिन जाडो विदा कटौती हुने भएको छ । गत ३ देखि ५ असोजमा काठमाण्डौँ केन्द्रित शैक्षिक आन्दोलनको क्रममा विद्यालय बन्द भई पठनपाठनमा भएको क्षतीपूर्तिस्वरुप जाडो विदा दुई दिन छोट्याउने निर्णय गरिएको शिक्षक महासंघ थाहानगरका सचिव गणेशमान श्रेठले बताए ।
२३ असोजमा सम्पन्न शिक्षक महासंघ थाहानगरको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा आन्दोलनका दिनहरुमा शिक्षक कर्मचारी हाजिरी रजिष्ट्ररमा ’शैक्षिक आन्दोलन’ भनेर अभिलेख राख्न अनुरोध गर्ने निर्णय भएको सचिब श्रेष्ठले जानकारी दिए ।
बैठकले शैक्षिक आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते शिक्षक/कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने सरकार र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिबीच भएका सम्पूर्ण सहमतिहरु शिक्षा ऐनमा व्यवस्था गर्न माग गरेको छ ।
महासंघ थाहा नगरपालिका कार्यसमितिले थाहा नगरपालिकाका विद्यालयहरुलाई पत्र पठाउँदै बैठकको निर्णयबारे जानकारी गराएको छ । पत्रमा महासंघ नगर अध्यक्ष राजाराम कार्की र सचिब गणेशमान श्रेठले हस्ताक्षर गरेका छन् ।




















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्