बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रदेशभरिका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् । मन्त्री जोशीलाई विश्व मानसिक स्वास्थ्य दिवस एवं सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका छन् । मन्त्री जोशीले नागरिकहरुको स्वास्थ्य उपचारका लागि गरेका कामहरु मुल्यांकन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् ।
गत जेठ ७ गते प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका जोशी आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई निःशुल्क उपचार गर्ने निर्णय गरेका थिए । निरन्तर अनुगमन र निगरानी गर्दै मन्त्री जोशीले प्रदेशका सरकारी अस्पतालका जनरल शय्या निःशुल्क गर्नेदेखि निजी अस्पतालमा विपन्नलाई १० प्रतिशत निःशुल्क शय्या, पर्किङ निःशुल्क, सामाजिक सेवा इकाई राख्ने जता काम गरेका थिए ।
यस्तै क्यान्सर तथा हृदयघातका बिरामीहरुलाई उपचारमा छुट दिने निर्णय समेत मन्त्री जोशीले गरेका थिए । प्रदेश भित्रका सहिद परिवार, जनयुद्धका घाइते, विपद्मा परेका तथा वन्यजन्तुको आक्रमणबाट घाइते तथा क र ख वर्गका अपांगहरुलाई पनि निःशुल्क उपचार सेवाको निर्णय, प्रादेशिक अस्पतालहरुलाई ६५ वर्षमाथिका तथा विपन्नलाई निःशुल्क दन्त उपचार सेवा र प्यारालाइसिस भएकाहरुलाई प्रादेशिक आयुर्वेदिक अस्पतालमा निःशुल्क थेरापीको व्यवस्था पनि गरेका थिए ।
मन्त्री नियुक्त भएपछि नै जोशीले प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सीमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको व्यवस्था पनि गरेका थिए ।
-रातोपाटीबाट



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्