स्याङ्जाको फोहरलाई मोहरमा परिवर्तन गरी नगरपालिकाको आयमा टेवा पुर्‍याएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकालाई उत्कृष्ट नगर घोषणा गरिएको छ ।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने भएको छ ।

एसियाप्यासिफिकले पाँच हजार डलर बराबरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ बाट नगरपालिकालाई सम्मान घोषणा गरेको हाे ।अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले अवार्डबारे नगरपालिकालाई जानकारी दिएका थिए ।

पालिका प्रेस
थप जानकारी