ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः शिवहरी बर्तौला निर्विरोध निर्वाचित भएका छन। बर्तौलासंगै साधारणसभाले सम्पुर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाको बन्द सत्रबाट उपाध्यक्षमा गणेश लामा, सचिब प्रदिप केसी, कोषाध्यक्ष दिपा थापा र सदस्यहरू संजिता भण्डारी, युगल ढकाल र राजेश थापा क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत निरन्जन अधिकारीले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीका अनुसार ऋण समिती संयोजकमा अच्युत केसी, सदस्यहरू नारायण लामा र अप्सरा केसी निर्विरोध हुँदा लेखा समिती संयोजकमा राजाराम रायमाझी र सदस्यहरुमा मोहनसिंह लामा र माधव केसी निर्वाचित भएका छन।

नव निर्वाचित समितिलाई निर्वाचन अधिकृत निरन्जन अधिकारी र इन्द्रध्वज अधिकारीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

पालिका प्रेस
थप जानकारी