पर्यटकीय थाहा नगरपालिकाको प्रतिनिधित्व गर्दै मकवानपुरबाट सहभागी डाँडाघरे बाको होम स्टे सञ्चालक माधव कार्की केन्द्रमा पुगेका छन् । होम स्टे महासंघ नेपालको चितवनमा सम्पन्न चौंथो राष्ट्रिय सम्मेलनबाट कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

होम स्टे एशोसियशनबाट महासंघ भएपछि यो पहिलो सम्मेलन थियो । ६६ जिल्लाका ४५० प्रतिनिधिबाट मकवानपुरकै प्रतिनिधित्व गर्दै कार्की केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । सम्मेलनमा देशका २५० हाम स्टे सञ्चालकको प्रतिनिधित्व थियो जसमा थाहा नगरपालिकाबाट कार्की सहभागी थिए ।

५ वर्षदेखि पशुपंक्षीपालन र अर्गानिक खान्कीसँगै होम स्टे सञ्चालन गर्दै आएका कार्की होम स्टे महासंघको ३७ केन्द्रीय कमिटीमा निर्विरोध भए । बाँकी १४ जना मनोनित गरेर ५१ सदस्य पुर्याउने कार्कीले थाहा टाइम्सलाई जानकारी दिए । सम्मेलनले प्रेमशंकर थारुलाई अध्यक्ष निर्वाचित गरेको छ ।

सम्मेलनको २६ असोजमा वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले उद्घाटन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी