दामन–खर्क–ठुलोफाखल– ईन्द्रसरोवर सडकको स्थानीय द्वारा खाल्डाखुल्डी पुर्ने काम भएको छ।
आर्थिक बर्ष २०८०/०८१ मा कुनैपनी निकायबाट बजेट नपरेपछि खर्क ठुलोफाखल टोल बिकास संस्थाको पहलमा स्थानीयनै श्रमदानमा जुटि सडक स्तरोन्नति कार्यमा लागेको टोल बिकास संस्थाका अध्यक्ष मानसिंह दोङले बताए।
सडक स्तरोन्नति कार्यको लागि नगरपालिका लाई मेसिनको लागि आग्रह गरिएको र वडा लाई पटक पटक आग्रह गर्दापनी सुनुवाइ नभएपछि स्थानीय आफै सडकको खाल्डाखुल्डी पुर्न श्रमदान गरेको दोङले बताए ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्