फाइल फोटो

मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण गरिदै छ । भीमफेदी गाउँपालिका वडा नम्बर–३ र ४ गोल्पििङवेसी राप्ती, आँपचौर जोड्ने पक्कीपुल निर्माण गर्न लागिएको हो । दुइ करोड रुपैयाँ लागतमा यहाँ पुल निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रदेश पूर्वाधार विकास कार्यालय चितवनले यस क्षेत्रमा चालु आर्थिक वर्षमा पुल निर्माण गर्न लागिएको हो । पुल नहुँदा वषौंदेखि समस्या भोग्दै आएका यहाँका वासिन्दाहरुलाई सहज हुनेगरी पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएका छ ।

पालिका प्रेस
थप जानकारी