मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको चित्लाङ स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा थाहा नगरपालिकाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाले वडा नम्बर ९ का लागि छुट्याउने वार्षिक बजेट सिलिङबाट वडाले ९ लाख रुपियाँ बजेट विनियोजन गरी एम्बुलेन्स खरिदमा सहयोग गरिएको हो ।

थाहा नगरपालिका अन्तर्गत साविक चित्लाङ गाविसमा एम्बुलेन्स नहुँदा सुत्केरी महिला तथा अन्य आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्सको अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुँदै आएका थिए ।