मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो खेती गर्ने किसानहरूलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गर्ने भएको छ । गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाट अनुदान रकम वितरण गर्ने भएको हो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरेर सम्बन्धित वडामा गएर अनुदान वापतको रकम लिन कोदो उत्पादन गर्ने किसानलाई अनुरोध गरिएको छ । सूचनामा अनुदान वापतको रकम लिनको लागि आवश्यक कागजात सहित तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

भीमफेदी गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उक्त गाउँपालिकाको ३ देखि १५ रोपनीसम्म कोदो खेती गर्ने कृषक वा कृषि फर्मलाई अनुदान दिन लागिएको हो । सूचना अनुसार मंसिर २५ गते ४ नम्बर वडा कार्यालय चिउरी बगैँचामा, मंसिर २७ गते ३ नम्बर वडा कार्यालय झल्कनेमा, मंसिर २९ गते २ नम्बर र ८ नम्बर वडा कार्यालयमा, पुस १ गते १ नम्बर वडा कार्यालय सानुटारमा र पुस २ गते वडा नम्बर ५ र वडा नम्बर ६ को लागि भिमफेदी गाउँपालिकाको कार्यालयमा अनुदान रकम प्रदान गरिनेछ ।

पालिका प्रेस
थप जानकारी