थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४ जना सुत्केरीलाई न्यानो झोला वितरण गरेको छ । गत वर्षको पौष ८ देखि यसवर्षको २०८०, ८ पौषसम्म सुत्केरी भएका सदस्य हलिाहरुलाई न्यानो झोला वितरण गरिएको हो । संस्थाको २५ औं स्थापना दिवसको अवसरमा ८ पौषमा आयोजित कार्यक्रममा १६ जना ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान स्वरुप न्यानो झोला गरिएको हो ।

स्थापना दिवसकै अवसर पारेर संस्थाका २६ जना संस्थापक संचालक समितिका पदाधिकारी तथा सदस्यहरुसहित पुर्वव्यवस्थापक पशुपति अर्याललाई धन्यवाद व्यक्त गर्दै दोसल्ला ओडाएर सम्मान गरिएको छ । संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल ‘जंगली’, पूर्व अध्यक्षहरु बिमल कुमार ढकाल, पुरुषोत्तम कार्की, पूर्व व्यवस्थापक पशुपति अर्यालसहित संस्थापक सदस्यहरु, पूर्व पदाधिकारी तथा वर्तमान संचालक समिती सदस्यहरुको उपस्थिति रहेको थियो।

संस्थाको यहि ९ पौषमा २४ औ साधारणसभाको आयोजना हुँदैछ ।

पालिका प्रेस
थप जानकारी