मकवानपुरको थाहा नगरपालिकाले सहकारी संस्थाका वयवस्थापकहरुलाई तालिम दिने भएको छ । पालिकाले ११ पुसमा सूचना प्रकाशित गरी नगर क्षेत्रका सहकारीहरुका व्यवस्थापकहरुलाई १७ देखि २० पुससम्म सञ्चालन हुने तालिममा सहभागी हुन आग्रह गरेको छ ।

नगरपालिकाले आफू मातहतका सहकारीका व्यवस्थापकहरुलाई वित्तिय साक्षरता, सहकारी शिक्षा, कर प्रशासन सम्बन्धी तालिम दिइने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । चार दिनसम्म तालिम गंगा होटलमा हुने सूचनामा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी