धुनिबेशी नगरपालिकाले सुत्केरी आमा र नवजात शिशुसंग भेटघाट कार्यक्रम सुरु गरेको छ । मेयर सगं बालबालिका र उपमेयरसंग सुत्केरी आमा अन्तरर्गत नगरपालिकाले आज मंगलबारबाट कार्यक्रम सुरुवात गरिएको मेयर आचार्यले बताउनु भएको छ ।
उपमेयरसंग सुत्केरी आमा अन्तरर्गत नगरपालिका भित्र सुत्केरी भएका आमाहरुसगं पौष्टिक तत्व युक्त कोसेली सहित भेटघाट गरिएको उपमेयर निरु खरेलले बताउनु भयो।
त्यसै गरी मेयरसंग बालबालिका अन्तरगर्त २०७८ श्रावण महिना देखि अहिले सम्म जन्मीएका नवजात शिशुहरुको घरमै पुगेर नगरपालिकाले नगद रु.१ हजारको चेक सहित नवजात शिशुको नाममा खाता खोलेर कार्यक्रमको सुरुवात गरिएको मेयर आचार्यले बताउनु भएको छ । नवजात शिशुको धार्केमा रहेको एन.सी.सी बैंकले नवजात बालबालिकाको घरमा पुगेर खाता खोल्ने कार्यक्रम गरेको छ । नगरपालिकाले नवजात शिशुको समयमै नाम वडा कार्यालयमा टिपाउन अनुरोध गरिएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्