मकवानपुर थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा वित्तीय साक्षरता, सहकारी शिक्षा र कर प्रशासन सम्बन्धि ४ दिने तालीम सुरु भएको छ । नगर भित्र रहेका सहकारीहरुका व्यवस्थापकहरुका लागि सुरु गरिएको तालिममा थाहा नगरपालिका मातहतका सहकारी संस्थाहरुका व्यवस्थापकको सहभागिता रहेको छ ।

थाना बजारको गंगा होटेलको सभाहलमा भएको तालिम थाहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यता भएको थियो । उद्घाटन कार्यक्रममा पालिकाका लेखा अधिकृत अमर बहादुर जिसी, कृषि शाखाका अधिकृत संजय तिवारीलगायतकाको उपस्थिती रहेको थियो । तालीमको सहजीकरण पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल, थाहा नगरपालिकाका लेखा शाखा प्रमुख अमर बहादुर जिसी, बित्तिय सहजकर्ता मेलिना खत्री र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले गर्ने कार्यक्रम छ ।
थाहा नगरपालिकाको आर्थिक बिकास समिती संयोजक हेरमान गोपालीको सभाध्यक्षतामा भएको तालिममा नगर भित्र संचालनमा रहेका ४० ओटा सहकारी संस्थाहरुको व्यवस्थापकहरुको सहभागिता रहेको सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले जानकारी दिइन।


तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चारदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । गिरीले केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताए । उनले सहकारीको नियमन कमजोर हुँदा समस्या रहेको औल्याए । गिरीले अबदेखि नगरपालिकाको प्रतिनिधिको अनिवार्य उपस्थितीमा मात्र साधारणसभा गर्न आग्रह गर्दै सहकारीले बचत ऋणको मात्र कारोबार नगरी उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

पालिका प्रेस
थप जानकारी