थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा बीउ आलु उत्पादन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा पौष १७ देखि १९ गते सम्म संचालन हुने तालिममा तालिममा थाहा नगरपालिका भित्र रहेका शुभारम्भ कृषक कृषि सहकारी संस्था, थाहा–३ बाट ११ जना झम्केश्वरी कृषक समुह, थाहा–१ बाट ८ जना सुन्दरिदेवी कृषक समूह थाहा–७ बाट ३ जना लगायत वडा प्राविधिक हरुको सहभागीता रहेको छ ।

तालिमका सहभागीहरुलाई वरिष्ठ आलु खेती विशेषज्ञ श्याम प्रसाद ढकालले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा किसानको साथै किसानसंगै रहेका वडा कार्यालयहरु मार्फत प्राविधिक सेवा प्रवाह गर्ने कृषि प्राविधिकहरुकाने समेत सहभागिता रहेको कृषि बिकास शाखा अधिकृत संजय तिवारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी