थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा २१ पुसमा सभा भएको हो । सभामा प्रमुख अतिथी बिष्टले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिस्थापन अग्रसर हुनुपर्ने बताए । सहकारीले उद्यमशीलताको क्षेत्रमा अगुवाई आग्रह गर्दै उनले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

साधारण सभामा सहकारी अध्यक्ष मनोज रायमाझी तथा कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित भएको छ । संस्थाका अध्यक्ष मनोज रायमाझीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्था थाहा नगरको केही उत्कृष्ट सहकारीहरु मध्यको सहकारीको रुपमा स्थापिद हुँदै जानुले बिश्वास बढ्दै गएको बताए । आगामी दिनमा राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्धलाई निरन्तरता दिदै सदस्य हितकोषको व्यवस्था गर्ने भावी रणनीति भएको उल्लेख गरे । रायमाझीले बचतमा आकर्षक योजनाहरु ल्याइएको बताउँर्दै च्वाइस नेपालसंगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार, व्यावसायिक तालिम, टनेल वितरण, रिवेट कार्यक्रमहरु गर्दै आइरहेको उल्लेख गरे ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्षमा संस्थाको सेयर पुँजी १ करोड ३८ लाखबाट १ करोड ४२ लाख पुगेको सभामा जानकारी गराए । ५ करोड ६९ लाख निक्षप संकलन गर्दै ६ करोड ४५ लाख रुपैया लगानीबाट २१ लाख ६९ हजार मुनाफा गर्न सफल रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । एकहजार चारसय सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख पुगेको छ ।

साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कारबाट १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रल्हाद बिष्ट, जितेन्द्र कुमार, विनय प्रसाद जैसवाल, कपिल केसी, निकेश गोपाली, बिष्णु कार्की, रामकाजी कार्की र कमला रायमाझी छन् भने उत्कृष्ट समुहकर्ता सम्मान मधुकर विक्रम श्रेष्ठ र सीता केसीलाई प्रदान गरिएको छ । संस्थाका उत्कृष्ट कर्मचारीतर्फ भने व्यवस्थापक सुमन बिष्टलाई सम्मान गरिएको छ । सम्मानितहुने सबैलाई प्रमुख अतिथी नगर प्रमुख बिष्टले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तर्गत एक जनालाई छात्रवृत्ति समेत प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष मनोज रायमाझीको सभाध्यक्षतामा भएको साधारण सभामा च्वाइस नेपालका सामाजिक विकास विशेषज्ञ कुल प्रसाद तिवारीको विशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मधुसूदन बिष्ट, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, फरक सोचका अध्यक्ष यादव रायमाझी, दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, जिल्ला बचत तथा ऋण सहाकारीका संचालक फणिन्द्र सुवेदी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी, पाथिभरा बचतका भुपेन्द्र हमाललगायत बित्तीय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

  

पालिका प्रेस
थप जानकारी