मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ र ३ जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ३ को नयाँवस्ती र १ नम्बर वडाको टाहाखेल जोड्ने मुलपानी घट्टेखोला झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

गत २०८० असार १५ गते निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको निर्माण सक्ने गरी २०७९ पुस १२ गते सम्झौता भएको थियो । ४३ लाख ६१ हजार २ सय ८८ रुपियाँ कुल लागत रहेको झोलुङ्गे पुलको लागि थाहा नगरपालिकाले ५ लाख ६६ हजार ९ सय ६७ रुपियाँ लगानी गरेको छ भने समुदायले ८७ हजार २ सय २५ रुपियाँको श्रमदान गरेका छन् । बाँकी बजेट झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले सहयोग गरेको हो ।

सामाजिक तथा प्राविधिक सहयोग राडो नेपालले गरेको उक्त पुलको लम्बाइ ८७ मीटर रहेको छ । पुल निर्माणसंगै ४ सय १० घर परिवारका १ हजार ९ सय ९१ जना नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी