थाहा नगरपालिका वडन नम्बर ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्था लि.मा सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । ६ माघमा विकास घरमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले प्रधानको अध्यक्षता सञ्चालक समिति निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा बिक्रम केसी, कोषाध्यक्षमा बिक्रम श्रेष्ठ, सदस्यहरुमा दिपराज लामिछाने, राजेन्द्र भुजेल र दिलमाया तामाङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुजन कुमार रायमाझी, सदस्यहरुमा सुर्य बहादुर दोङ र कमल बहादुर कार्की निर्वोरोध निर्वाचित हुनु भएको छ ।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष प्रधानको अध्यक्षमा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे भने कोषाध्यक्ष रेशम विष्ट बैदेशिक भ्रमणमा रहेकोले सचिव विक्रम केसीले नै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाको अवसरमा प्रमुख अतिथि तिवारी, सहयोगी वचत तथा ऋण सहकारी संस्थाका सचिव धर्म प्रधानलगायतले शुभकामना मन्तव्य व्यत्तः गरिन् । सभाको अवसरमा साधारण वचततर्फ थाहा ४ का राम गोतामे, थाहा २ का सन्तबहादुर पोडे, दैनिक वचततर्फ थाहा ९ का राजु श्रेष्ठ, थाहा १ का गौरी प्रधान, उत्कृष्ट कर्जातर्फ थाहा ४ का निर्मला तामाङ, थाहा ९ का मानबहादुर स्याङ्तान र कर्मचारीतर्फ केशव कुमार प्रधान सम्मानित भए ।