मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभाले नबराज कार्की अध्यक्षमा निर्वाचित भएका छन् । कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार कार्की, सचिब भुपेन्द्र कुमार हमाल, सहसचिब मिना थापा तथा कोषध्यक्ष राधाकृष्ण बिष्ट निर्वाचित भएका छन् । सहकारी सञ्चालक समितिको सदस्यहरुमा अमराज कार्की, राजकुमार कार्की, मेनुका थापा र प्रमिला भटराई निर्वाचित भएको निर्वाचन अधिकृत रामशरण थापाले जानकारी दिए ।

सहकारीको लेखा समिति संयोजकमा मनोज कार्की तथा सदस्यहरुमा दिपक थापा र शंकर तामाङ निर्वाचित भएका छन् ।

पालिका प्रेस
थप जानकारी