थाहा कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा केशव सुनार निर्वाचित भएका छन् । १३ माघमा शिखरकोटको शंकर होटलमा भएको प्रथम साधारणसभा तथा विशेष अधिवेशनले केशवलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाको कार्यालय थाहा नगरपालिका वडा नम्बर १ मा रही सेवा दिइरहेको छ ।

साधारणसभाले सहकारी संस्थाको उपाध्यक्षमा सिम्रन खड्का, सचिब श्यामकुमार गोले, कोषाध्यक्ष अनन्त ढकाललाई निर्वाचित भए । सदस्यहरुमा अनिल कुमार रायमाझी, किशोर प्रधान, सुरेन नेपाली, मिना कुमारी स्याङ्तान र रिक्की गोले निर्वाचित भएका छन् । संस्थाका अध्यक्ष जितेन्द्र मगरको अध्यक्षता तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहयोगी बचत तथा ऋण सहकारीका व्यवस्थापक मोहनमान श्रेष्ठ, कुण्डलदेवी बहुउद्देश्यीयका व्यवस्थापक राजन मिश्र, थाहा नगरपालिका प्रमुख प्रेस संयोजक शम्भु अधिकारलगायतका आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अतिथीहरुले थाहा नगरपालिका भित्र रहेका सहकारीहरु बीच अन्तर सहकारी एकता र सहकार्यको आवश्यकता औलाउदै थाहा कृषि सहकारीले थाहा नगरपालिकाको कृषिमा मात्र लगानी गर्नुपर्नेमा जोड दिएका थिए । सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलसहित पारित गरेको छ ।

पालिका प्रेस
थप जानकारी