कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा भएको छ । थाहा नगरपालिकाको दामनमा प्रधान कार्यालय रहेको संस्थाको साधारणसभा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको हो ।

सभामा प्रमुख अतिथी विष्टले सहकारीहरुले बचत तथा ऋणको मात्र कारोबार तिर नलागी उत्पादन मुलक र आम्दानी हुने क्षेत्रमा लगानी बढाउन आग्रह गरे । उनले स्वरोजगार र कृषि तिर झुकाव लगाउन सके थाहा नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुने उल्लेख गरे । साधारण सभामा आर्थिक वर्ष २०७९÷०८० मा संस्थाको सेयर पुँजी ७८ लाख २६ हजार ८ सय रहेको जानकारी गराइएको थियो । वार्षिक कारोबार ४ करोड ८० लाख तथा लगानी ३ करोड रुपैयाँ पुगेको अध्यक्ष शिव कुमार खत्रीको प्रतिवेदन उल्लेख छ । खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन, व्यापार ,वैदेशिक रोजगारलगायतमा सेवा पु¥याउँदै अगाडि बढ्ने बताए ।

संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा ज्येष्ठ सदस्यहरुलाई साधारणसभाको अवसरमा सम्मान गरेको छ । ज्येष्ठ सदस्यतर्फ मान बहादुर भोम्जन र रमेश रायमाझी, असल बचत तर्फ शिखर सप्लायर्स, मोहनदाश श्रेष्ठ तथा प्रेम बहादुर मोक्तान भए भने उत्कृष्ट कर्जा तर्फ ईश्वर कार्की, प्रकाश सिलवाल र अनिसा मोक्तान सम्मानित भए । सहकारीको कर्मचारी मध्येबाट उत्कृष्ट कर्मचारी रेजिना गोपाली घोषित भईन् । सबैलाई प्रमुख अतिथी विष्टले सम्मान तथा कदरपत्र वितरण गरेका थिए ।

संस्थाका अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, संस्थाका सल्लाहकार राजिव स्याङ्तान, नगर कार्यपालिका सदस्य चन्द्रमाया बल, जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, फरक सोचका अध्यक्ष यादव रायमाझी, थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा, थाहा कृषि सहकारीका अध्यक्ष केशव सुनार, पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्कीलगायतकाको आतिथ्यता रहेको थियो ।

साधारण सभाले अध्यक्ष शिवकुमार खत्रीले पेश गरेको प्रतिवेदन पास गरेको छ । त्यस्ते लेखा सुपरिवेक्षण समिती संयोजक केदार केसी तथा सचिव सिताराम रुम्बा प्रतिवेदन पनि पारित भएको छ ।

पालिका प्रेस
थप जानकारी