‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ अन्तगृत थाहा नगरपालिका वडा नम्बर ११ मा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । नगरपालिकाले मापदण्डका आधारमा छनोट भएको नव प्रगतिशील पशुपंछी कृषि समुह थाहा–११ अन्तर्गतका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हो ।

नगरपालिकाले २१ माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३८ वटा मिनिटिलर, स्प्रेयर पम्प २५ थान, डिजिटल काँटा तराजु १० थान, पाइप १७ सय मिटर २० एमएम, १६ सय मिटर २५ एमएम र ३ सय मिटर ३२ एम एम, ५० मिटर ४० एमएम, मल्चिङ प्लास्टिक २५ रोल ,ग्राडेन पाइप १०० थान, हजारी १० थान, स्प्रीङकल ५० थान सानो ८ थान ठुलो, हिलटेक ट्याङ्की ७ थान, वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

 

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ ।

किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए । कृषि सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष अध्यक्ष दिनेश बल, थाहा नगरपालिका कृषि शाखा प्रमुख सन्जय तिवारी, कृषि शाखा सहायक अधिकृत ज्ञानु भट्टराई, कृषि सहायक राजकुमार श्रेष्ठ लगायतका उपस्थित रहेको थियो ।

पालिका प्रेस
थप जानकारी