मकवानपुरको भीमफेदी गाउँपालिकाले असला माछा र स्थानीय खरी जातको बाख्रा प्रवद्र्धनका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । यस कार्यक्रमका लागि पालिकाले आवेदन आव्हान गरेको छ । पालिकाको पशु सेवा शाखाले आव्हान गरेको सूचनामा फागुन १८ गतेसम्म निवेदन दिन सकिने उल्लेख छ ।

असला माछा प्रवद्र्धन कार्यक्रम वडा नम्बर ६ मा मात्र सञ्चालन हुने जनाइएको छ । ५० प्रतिशत अनुदानमा संचालन हुने यस कार्यक्रमका लागि कृषि फर्मले मात्र दरखास्त निवेदन पेश गर्न पाउनेछन् । यस कार्यक्रम अनत्र्गत माछााको पोखरी निर्माण, पानीको स्रोत व्यवस्थापन र माछाको भुरा खरिदका लागि किसानले अनुदान पाउने छन् ।

त्यसैगरी स्थानीय गरी जातको बाख्रा प्रवद्र्धन कार्यक्रम पनि ५० प्रतिशत अनुदानमै सञ्चालन हुने योजना भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले जानकारी दिए । भीमफेदी गाउँपालिका वडा नम्बर ८ का कृषि फर्म र समूहले यस कार्यक्रमका लागि निवेदन दिन सकिने प्रशासकीय अधिकृत पार्धेले बताए । यस कार्यक्रम अन्तर्गत खरी माउ बाख्रा तथा प्रजनन् योग्य बोका खरिद, खोर निर्माण तथा सुधार र परजीवी नियन्त्रणमा किसानले अनुदान पाउनेछन् ।

कार्यक्रमका लागि तोकिएको ढाँचामा निवेदनका साथै वडा कार्यालयको सिफारिस, फर्म, समूहको दर्ता प्रमाणपत्र लगायतको कागजात आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ । थप जानकारीका लागि पशु सेवा शाखामा सम्पर्क गर्न समेत सूचनामै उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी