मकवानपुरका विभिन्न ठाउँमा सुर्यमुखी फुलको खेती गरिदै आएको भएपनि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को धमिले फाँटमा भने परिक्षण कै रुपमा खेती गरिएको छ ।

सोहि वडाका बाबियोडाँडा निवासी गोकर्ण पराजुलीले धमिलेफाँटमा रहेको आफ्नो ४ कठ्ठा खेतमा सुर्यमुखी फुलको खेती गरेकाे कृषि विकास अधिकृत चन्द्रकान्त चाैधरीले जानकारी दिए । बिरुवाको शुरुकै अवस्थामा रोग लागेका कारण उपचार गर्नु परेकोले खर्च बढेको उनी बताउँछन् । हालसम्म करिव ३५ हजार खर्च भैसकेको उनले बताएका छन् ।

हाल बिरुवा राम्रो अवस्थामा रहेको र फुल्ने बेलासम्म केहि समस्या नआएमा राम्रै आम्दानी हुन सक्ने उनको अनुमान रहेको छ । प्रति कठ्ठा एक क्वीन्टल फल लाग्छ भन्ने आफुले सुनेको र प्रति क्वीन्टल २० हजारका दरले ८० हजार रुपैयाँ आम्दानी हुने आफुले अपेक्षा राखेको पराजुलीले बताए ।

पालिका प्रेस
थप जानकारी