फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ जना किसानलाई नगदसहित सम्मान गरेको छ ।

५० देखि एक सय मुरी धान उत्पादन गर्ने २७ जना र एक सय मुरीभन्दा धेरै धान उत्पादन गर्ने दुई गरी २९ जना किसानलाई पुरस्कृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । ५० मुरीभन्दा माथि धान उत्पादन गर्नेलाई ३० हजार रुपैयाँका दरले र सय मुरीभन्दा धेरै उत्पादन गर्नेलाई ५० हजार रुपैयाँका दरले सम्मान गरिएकाे हाे ।

किसानलाई पञ्चेबाजा, ढोल, झाँकीसहित भव्य र्‍यालीका साथ सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियाे । धेरै धान फलाउने किसानहरू १ र ५ नम्बर वडाबाट नाै/नाै जना, ६ र ७ नम्बर वडाका दुई/दुई जना, २ नम्बरका र ४ नम्बरका चार/चार जना गरी २९ जनाले एक हजार सात सय ५६ मुरी धान फलाएका पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ ।

आउँदा दिनमा अन्य कृषि उपज वस्तु फलाउनेलाई पनि पुरस्कृत गर्दै कृषि प्रणालीको माध्यमबाट समृद्ध पालिका निर्माणमा जोड दिने गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताउनुभयो ।

पालिका प्रेस
थप जानकारी