थाहा नगरपालिकाको कुन्छाल कृषि सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा तरकारीको बेर्ना वितरण शुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशसंगको सहकार्यमा सहकारीले किसानहरुलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण थालेको हो ।

सहकारीले सामुदायिक नर्सरी स्थापना गरी विरुवा वितरण गर्न शुरु गरेको संस्थाले जनाएको छ । सामुदायिक नर्सरीबाट भेडे खुर्सानी, गोलभेडा, काउली, बन्दा, करेलालगायतको तरकारीको बेर्ना वितरण गरिरहेको छ ।

हेर्नुहोस मुल्यसूचीः

पालिका प्रेस
थप जानकारी