थाहा नगरपालिकामा तामाङ भाषा लिपि प्रवद्र्धन तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अन्तर्गत तीन दिने पुनर्ताजगी तालिम समापन भएको छ । जिल्ला समन्वय समिती (जिसस) मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा पुर्नताजकी तालिम समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी जिसस प्रमुख घलानले मातृभाषामा शिक्षा विद्यालयमा अध्ययनरत बालबालिकालाई उसैको घरमा बोलिने भाषा बोलेर शिक्षण सिकाइको माध्यम भएको बताउ । मातृभाषामा शिक्षाका बारेमा माथिल्लो तहदेखि तल्लो तहसम्म समान धारणा हुनुपर्ने घलानको भनाइ थियो । थाहानगर प्रमुख ताथ कार्यक्रमका विशिष्ट अतिथि विष्णु बहादुर बिष्टले थाहाको सामुदायिक विद्यालयका कम्तीमा पनि कक्षा १ देखि ३ सम्म मातृभाषाको माध्यमबाट शिक्षा दिन सकिने वातावरण बनाउनका लागि पालिका लागि परेको बताए । उनले ३ कक्षाभन्दा माथि मातृभाषा विषय पढाउन सकिने मान्यता स्थापित गरी व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गरे । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गराउन सक्नु नै मातृभाषाको शिक्षा भएको बताउँदै मातृभाषाको शिक्षाले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको अभ्यासहरुका कारण पनि मातृभाषाको शिक्षाको महत्व रहेको बताए ।

नेपाल तामाङ घेदुङ थाहाका अध्यक्ष दिपेन्द्र कुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगर शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ, जिल्ला समन्वय समिती मकवानपुरका सदस्यहरुलगायतकाको उपस्थिति रहेको थियो।
मातृभाषा तथा स्थानीय विषयमा गुणस्तरीय शिक्षा र वैज्ञानिक शिक्षाको सुनिश्चितताको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । थाहानगर क्षेत्रका ३० विद्यालयमार्फत तामाङ भाषाको शिक्षण प्रारम्भका लागि ३० शिक्षक÷शिक्षिकालाई मातृभाषा सम्बन्धी तालिम दिइएको हो । कार्यक्रमका सहभागीहरुलाई तामाङ माृभाषाका भाषा विज्ञ प्रतीक डेङ्सुर र दर्पण ब्लोनले प्रशिक्षण दिएका थिए। थाहा नगरपालिकामा गत शैक्षिक वर्षबाटै तामाङ मातृभाषा अध्यापनको शुरुवात गरिएको हो ।

मकवानपुरका १० स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउनेमा थाहा नगरपालिका नै पहिलो पालिका हो । नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि.सं २०५५ देखि सुरू भएको थियो । पाठ्यक्रम विकास केन्द्रले हालसम्म २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरिसकेको छ ।

पालिका प्रेस
थप जानकारी