गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यसअगाडी वडा नं-७ टार स्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालयको सेवा प्रवाह नवनिर्मित भवनबाट सुरु भएको हो । नगरपालिकाको प्रशाशकीय भवनको गत मंसिर २० गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । तर केही प्राविधिक कामहरु बाँकी रहेकाले आफ्नै भवनबाट सेवा प्रवाह भने सुरु हुन सकेको थिएन । भवन उद्घाटन भएको झण्डै ३ महिना पछि नगरपालिकाले आफ्नै प्रशाशकीय भवनबाट सेवा आरम्भ गरेको हो ।

नगरपालिकाले बिहिवार एक सुचना जारी गर्दै हालको भवनबाट प्रवाह हुँदै आएका सेवाहरु बिहिवार देखि आफ्नै भवनबाट प्रवाह भएको जानकारी दिएको छ । बिहिवारबाट नै नगरपालिकाका सम्पूर्ण प्रशाशनिक कामहरु नयाँ भवनबाट सुरु गरिएको सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । पालिका अन्तर्गत रहेका सम्पूर्ण शाखा सहित अन्य सेवाहरु आफ्नै भवनबाट सुरु भएको उहाँले बताउनुभयो । नगरपालिका अन्तर्गत रहेको कृषि तथा पशु शाखाले भने यस अगाडी नै भेटेनरी अस्पतालको भवनबाट सेवा दिँदै आएको छ । भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाले हालसम्म मासिक रुपमा ६२ हजार भाडा तिर्दै आएको थियो ।

भवन निर्माणको लागि १५ करोड, ३० लाख, ६५ हजार, आठ सय पाँच रुपैयाँ खर्च भएको छ । आठ करोड ४८ लाख ११ हजार, चार सय २० रुपैयाँमा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माण गरेको हो । १८ रोपनी १४ आना क्षेत्रफलमा निर्माण गरिएको चार तल्ले भवनमा दुई वटा मिटिङ्ग हल, एउटा सेमिनार हल, ३९ कोठा, ठुलो पार्किङ्ग क्षेत्र रहेको छ ।

पालिका प्रेस
थप जानकारी