हेटौंडामा हाम्रो कौसी र करेसाबारी क्रान्ति अभियान सुरु भएको छ । देशभरका सबै जिल्लामा सञ्चालन भइरहेको अभियान हेटौंडामा पनि सुरु भएको हो ।

२६ फागुनमा हेटौंडामा तरकारी तथा फलफूल वितरण गर्दै अभियानको सुरुवात भएका हो । बोडी, सिमी, लौका, काँक्रो, घिरौंला, फर्सी, डल्लेखुर्सानी, साग, ड्रागन फुड्सलगायत १५ वटा भन्दा धेरै वीउबिजन वितरण गरिएको थियो । वितरण गरिएका सबै वीउविजन अभियानमै रहेर कौसीमा खेती गर्ने विभिन्न जिल्लाबाट उपलब्ध गराएको अभियानकर्ता अन्जिता श्रेष्ठले बताइन् ।

पारिको हैन, आफ्नै बारीको खाउँ भन्ने उद्धेश्यले यो अभियान सञ्चालन गरिएको अभियानका संयोजक अरुणा सिंहले बताइन् । सबै सहर केन्द्रित रहेको र खेतवारी नभएकाहरुका लागि छतमै तरकारी खेती गरेर खान सकिन्छ भनेर बीउ विरतण गरिएको उनले बताइन् । उनका अनुसार अभियानमा जुटेका सम्पूर्ण अभियानकर्तालाई बीउ वितरणसँगै खेती गर्न र मल बनाउनसमेत तालिम दिनेछन् ।

पालिका प्रेस
थप जानकारी