मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई मोबाइल व्यवसायी सुविन्द्रमान प्रधानले आर्थिक सहयोग गरेका छन् ।

थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एण्ड समृद्धि मोवाइल हाउसका सञ्चालक थाहा–१ ओखरबजार निवासी प्रधानले ३० फागुनमा पीडितको घरमै पुगेर नगद १० हजार सहयोग गरेका हुन् ।

प्रधान थाहा नगर उद्योग वाणिज्य संघका सदस्य, पालुङ जेसीजका कानुनी सल्लाहकार र मोवाइल एसोसिएसन अफ मकवानपुर उत्तरी क्षेत्रका सचिवसमेत रहेका छन् । सुरेन्द् लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएर आगलागीमा परेको थियो । आगलागीबाट घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।

पालिका प्रेस
थप जानकारी