स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । थाहानगर क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा शिखरकोटको शंकर होटलमा कार्यक्रम आयोजना गरिएको हो । स्वाबलम्बनले थाहानगरमा लामो समयदेखि कार्यालय राखी सेवा प्रवाह गर्दै आएको छ ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले हाल बहुबैकिङ कारोवारका कारण, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न आग्रह गरे । नगर प्रमुख विष्टले वित्तीय अनुशासन कायम गर्न वित्तिइ साक्षरता कार्यक्रमले सहयोग पु¥याउन उल्लेख गरे ।

कार्यक्रममा क्षेत्रीय प्रवन्धक कृष्ण खनालले आर्थिक–सामाजिक र शैक्षिक रुपमापछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पु¥याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न अनुरोध गरे । उनले आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरी योजना बनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले बित्तीय साक्षरता आयोजना गरिएको बताए ।

कार्यक्रममा स्वाबलम्बन लघुवित्त पालुङ शाखामा १५ सय २० जना सदस्य रहेको जानकारी गराइएको थियो । ७६ वटा केन्द्रमा ३ सय ६ समूह संख्या रहेको र पालुङ शाखा अन्तर्गत ८ सय ४४ जनामा १४ करोड १३ लाख लगानी गरेको र ६ करोड २१ लाख बचत रहेको कार्यक्रममा जानकारी दिइएको थियो । वित्तीय साक्षरता कार्यक्रम संस्थाका शाखा प्रमुख विकास बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भने वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ईलाका प्रहरी कार्यालय पालुङका वरिष्ठ प्रहरी नायव निरीक्षक बुद्धि बहादुर तामाङ, संस्थाका अधिकृतहरु हिम प्रसाद अधिकारी, शोभाखर पाण्डेलगायत महिला समुहका सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमकै अवसरमा उत्कृष्ट कारोवार गर्दै तेस्रो हुन सफल पालुङ शाखा अन्तर्गतको हिमाल स्वावलम्बन महिला केन्द्र थाहा २ देउरालीलाई प्रमाणपत्र सहित नगद प्रदान गरिएको थियो भने कर्जा बीमा अन्तर्गत बिमा माया तामाङ थाहा ३ लाई २ लाख ७० हजार बीमा बापतको रकम हस्तान्तरण गरिएको थियो।

पालिका प्रेस
थप जानकारी