थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको सेवा केन्द्र व्यवस्थापक गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरुको सहयोगमा कार्यक्रम कार्यक्रम हुन लागेको हो ।
पालुङ जेसिज सह आयोजक रहेको कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् ।
सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले मानव सेवा भावलाई आधार मान्दै संस्थाले विभिन्न सचेतना तथा सेवामुलक कार्यहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्