मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । संस्थाले आफनो १० औ स्थापना दिवसको अवसरमा थाहानगरको विकास घरमा कार्यक्रम आयोजना गरेको थियो । ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीपले केहीवर्ष अघिबाट थाहा नगरपालिका वडा नम्बर ४ मा सेवा केन्द्र विस्तारसंगै बचत तथा ऋणका कार्यक्रमसंगै सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौबाट प्रेम सागर कर्मचार्य सहितको टोलीले प्राविधिक सहयोग गरेका थिए । पालुङ जेसिज सह आयोजक रहेको रक्तदान कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका थिए ।

 

यसैबीच स्थापना दिवसकै अवसर पारेर संस्थाले उत्कृष्ट कारोबार गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जेष्ठ नागरिक बचत तर्फ सानुकाजी कार्की, उत्कृष्ट बाल बचतमा बिकेश कार्की, उत्कृष्ट नियमित बचत तर्फ तिर्थराज कर्मचार्य, गंगालाल प्रधान, महिला बचततर्फ माइली तामाङ, माइती तामाङ, याङ्की स्याङ्तान र रिता गोम्बा रहेका छन । मंगलाल गोपाली असल ऋणी घोषित भए । शिक्षातर्फ २०७९ सालको एसइइ परीक्षामा उत्कृष्ट भएका परिक्षित रायमाझीलाई सम्मानित गरिएको थाहानगर सेवा केन्द्र व्यवस्थापक गणेश विष्टले बताए ।

सम्मानित हुनेहरुलाई संस्थाका अध्यक्ष नवराज बिष्ट र सचिब प्रल्हाद महतले सम्मानपत्र प्रदान गरेका थिए । छोटो समयमा नागरिकको विश्वास जित्न सफल यस सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटबाट यस क्षेत्रका सदस्यहरुलाईसेवा दिदै छोटो समयमै बेग्लै पहिचान स्थापित गर्न सफल भएको सहकारी संस्थाको रुपमा रहेको छ ।