मकवानपुरको राक्सिराङ गाउँपालिकाको ३ नम्बर वडा अन्तरगत पर्ने लावतीमा मालपोत शिबिर भएको छ । वडा कार्यालयले जनताको सहजताको लागि टोल टोलमा पुगेर कार्यालयबाट प्रदान हुने सेवा टोल टोलमा पुगेर प्रदान गरेको हो ।

वडा अध्यक्ष उत्तम वाईबाले कर्मचारीको टोली सहित जनताको घर आगनमै गएर सेवा प्रदान गरेका हुन । जनता वडामा पुग्दा लाग्ने खर्च कम हुने हुनाले यो अभियान चलाएको बताउदै आफुहरु जनतालाई कसरी हुन्छ छिटो र सरल ढंगले सेवा प्रदान गर्न गईरहेको पनि जानकारी दिए । १ दिने सिविरमा ४२ हजार बराबरको मालपोत कर संकलन भएको छ । शिविरमा २०६४÷०६५ सालबाट तिरो नतिरेकाहरुले पनि तिरो तिरेका छन् । वडाले ८२ हजार रुपैयाँ राजश्व संकलन गरिसकेको छ भने चैत्र महिनाको मसान्त सम्ममा १ लाख राजश्व संकलन गराउने लक्ष्य लिईएको वडा अध्यक्ष वाईबाले जानकारी दिए ।

स्थानिय समुदायले यस्ता शिविर वार्षिक रुपमा भैदिए निक्कै राम्रो हुने धारणा ब्यक्त गरे । अध्यक्ष वाईबाले आगामी आर्थिक बर्षदेखि बार्षिक रुपमै कर संकलन शिविर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी