पाँचौँ थाहा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत १२ जेठमा भएको खेलमा तीन वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । १२ जेठमा भएको खेलमा भीमफेदी एफसी, चित्लाङ एफसी र कुर्दन एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
बागेश्वरी युवा क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै भीमफेदी क्वाटर फाइनलमा प्रवेश गरेको हो भने कुर्दन एकेडेमीले हिमाली डाँफेलाई पराजित गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । यि दुवै टिमले निर्धारित समयमा गोल रहित भएपछि ट्राइबेकर मार्फत हिमाली डाँफे पराजित भएको हो । ट्राइबेकरमा ९–८ को गोल अन्तरले हिमाली डाँफे पराजित भएको थियो । त्यसैगरी आयोजक थाहा नगरपालिकालाई ३–१ गोलले पराजित गर्दै चित्लाङ एफसी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत १३ जेठ विहान ९ बजे बिनयबाबु स्मृती बिरुद्ध सकृय युवा क्लब बिच हुने थाहानगर खेलकुद बिकास समितिका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा सञ्चालन हुने प्रतियोगितामा नौँ वटा टिमले सहभागिता जनाएका छन् ।
थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा भएको प्रतियोगिता ५ दिनसम्म संचालन हुने छ । प्रतियोगिताको बिजेताले पुरस्कार नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्