लायन्स क्लब अफ थाहा पिसको मातृत्वमा गठित लियो क्लब अफ पिस थाहानगरको वर्ष २०२४÷२५ को लागि अध्यक्ष पदमा शिशिरकुमार खत्री निर्बिरोध निर्वाचित भएका छन् । थाहानगरको डाँडाघरे बाको होमस्टे फाँटबजारमा भएको बोर्ड बिस्तार कार्यक्रममा खत्री अध्यक्ष पदमा चयन भएका हुन् । निर्वाचन अधिकृत कमल बिष्टका अनुसार क्लबका प्रथम उपाध्यक्ष पदमा शितल बिष्ट, द्वितीय उपाध्यक्ष पदमा प्रेराणा खत्री चयन भएका छन् ।

क्लबको कार्यसमितिमा अध्यक्ष खत्रीले सचिवमा अजय कार्की, कोषाध्यक्षमा बिराज थापा, सहसचिवमा नारायण कार्की, सहकोषाध्यक्षमा प्रशुमा बिष्ट, जनसम्पर्क अधिकारीमा स्मिता बिष्ट, सचेतकमा निशान्त प्रधान, टेमरमा सृष्टि गोपालीलाई मनोनित गरेका छन् । त्यस्तै अध्यक्ष प्रमुख सल्लाहकारमा बिनिता वाईवालाई मनोनित गरिएको छ । अध्यक्ष खत्रीले क्लब सल्लाहकारमा पूर्वअध्यक्षहरु अनित बिष्ट, गणेश बिष्ट, कमल बिष्टलाई मनोनित गरेका छन् ।

क्लबको नीति अनुसार वर्षभरि थाहा नगरपालिका लगायत संघ संस्थासंगको सहकार्यमा विविध संस्थागत र सामाजिक कार्यक्रम संचालन गरिने अध्यक्ष खत्रीले बताए ।

पालिका प्रेस
थप जानकारी