मकवानपुरको थाहा नगरपालिकालाई संघीय राजधानी जोड्ने चित्लाङ–चन्द्रागिरी–थानकोट (गणेशमानसिंह मार्ग) सडकमा २४ दिनसम्म दैनिक ७ घण्टा आवागमन बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय काठमाण्डौंले २७ असारमा सूचना प्रकाशन गर्दै आउँदो साउन २० गतेसम्म बिहान १० बजेबाट साँझ ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।
गणेशमानसिंह मार्गको सेतो पहरो क्षेत्रको सडकमा चौडाई कम भएको स्थानमा ब्याक कटिङ तथा ग्रेड डाउन गर्ने कार्य नसकिएपछि साउन २० गतेसम्मका लागि सडक दैनिक ७ घण्टा बन्द गरी कटिङ कार्य जारी राखिने भएको जनाइएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै सो सडकमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सवारी साधन सञ्चालन निषेध गर्न चन्द्रागिरि नगर तथा थाहा नगरसँग सहजीकरणका लागि अनुरोध गरिएको डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
यसअघि जेठ २५ गतेबाट असार २० गतेसम्म दैनिक ७ घण्टा बन्द गरी सडक मर्मत एवं कटिङको कार्य गरिएको भएपनि कटिङका लागि समय बढी लागेको र मौसम प्रतिकुल भएका कारण निर्धारित अवधि भित्र सडकको कटिङ लगायतका कार्य नसकिएपछि सडक विभागले पुनः सूचना जारी गरिएको भण्डारीले जानकारी दिए ।




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्