मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ अन्तर्गत कुलेखानी–सिम्लाङ सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण २८ असारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार, २८ असार दिउँसो ३ बजेको समयमा पहिरो खस्दा अवरुद्ध सडकको पहिरो पन्छाउन अझै सकिएको छैन । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट मार्खुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई बाटो खुलाउनको लागि सडक विभागसंग समन्वय भएको छ ।

सो सडकको पहिरो २८ असार बेलुकी साँढे ८ बजेसम्म पनि पन्छाइएको छैन ।

पालिका प्रेस
थप जानकारी