
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा पर्ने कुलेखानी विसिङ्खेल खोला सडकको मार्खु–सिम्लाङ खण्डमा ठूलो पहिरो गएपछि आवागमन सडक अवरुद्ध भएकोमा अझै खुलेको छैन । पहिरो गएको १७ घण्टा वितिसक्दा समेत उक्त सडक निर्माणको ठेक्का पाएको लामा कन्सट्रक्शनले पहिरो हटाउन कुनै पहल नगरेपछि स्थानीहरु आक्रोशित बनेका छन् ।
सडक निर्माणका क्रममै निर्माण व्यवसायीले सडक फराकिलो गर्दा पहाडलाई अस्वभाविक रुपमा खोतलिएको कारण पहिरो गएको स्थानीयको भनाइ छ । पहिरो गएपछि अहिले स्थानीयहरुलाई आवागमनमा समस्या भएको छ । अहिले थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको मुख्य सडक सम्पर्क टुटेको छ ।
उता पालिकाले भने पालिका अन्तर्गतका सडकहरुमा आएको पहिरोका पन्छाउनमै व्यस्थ भएको छ । पालिकाका एक अधिकारीले भने ‘गाउँका नागरिकको तरकारी बजारसम्म पु¥याउनका लागि अवरुद्ध बाटो खोल्दैमा हामीलाई ठीक्क छ, अन्यत्र सडकमा काम गर्न भ्याएकै छैन ।’
प्रतिक्रिया दिनुहोस्