बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आफ्नो कार्यकालमा गरेका विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । एक वर्ष भन्दा धेरै समय यातायाता मन्त्रालयमा विताएका लंसालले आज आफुले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री लम्सालले आफु मन्त्री भएदेखी १४ महिनामा भइगरेका कार्य योजना र नीतिगत रुपमा तयार पारेका कार्यहरु आम नागरिकमा लैजान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको बताए ।

उनले श्रम र रोजगार मन्त्रालय भएता पनि अधिकार क्षेत्र र संवैधानिक अधिकार नरहेको बताए । तैपनि आवश्यक केही प्रयत्नहरु भने गरेको उनले भने । मैले यातायात मन्त्रालय जिम्मा लिए पछि महत्वपूर्ण नीतिगत सुधार, कार्यालयहरु व्यवस्थित, सेवाहरु प्रविधिमैत्रि, जनगुनासोको सम्बोधन, सरोकारवालासँग विभिन्न चरण छलफल गरेको छु, मन्त्री लम्सालले भने ।