मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २३ र मनहरी गाउँपालिकामा एक जना गरी थप २४ मा डेंगु पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ३ सय ७० जना पुगेको छ । जसमा १ सय ८७ जना पुरुष र १ सय ८३ जना महिला रहेका छन् । यो तथ्यांक साउन १ गतेदेखि २७ भाद्र दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो अवधिमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित फेला परेका छन् । त्यहाँ १ सय ४७ पुरुष र १ सय ४८ महिला गरी २ सय ९५ जनामा डेंगु पुष्टि भएको हो ।
यसैगरी, थाहा नगरपालिकामा एक जना पुरुष, मकवानपुरगढी गाउँपालिकामा १० पुरुष र ७ महिला गरी १७ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा ३ पुरुष, मनहरी गाउँपालिकामा १५ पुरुष र १२ महिला गरी २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसैगरी, बकैया गाउँपालिकामा ४ पुरुष र ५ महिला गरी ९ जना, भीमफेदी गाउँपालिकामा तीन पुरुष र ६ जना महिला गरी ९ जना, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ पुरुष र ४ महिला ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
राक्सिराङ गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमित नभेटिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्