१११औं विपी जयन्तीको अवसरमा नेपाली काँग्रेस थाहानगर समितीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा नाट्यश्वर माध्यमिक विद्यालय थाहा १० की आकृती केसी प्रथम भएकी छिन् । प्रतियोगितामा नाट्यश्वरकै सन्जु बस्नेत द्वितीय र बज्रबाराही माध्यामिक विद्यालयकी रमिता वाइवा तृतीय भइन् ।

“लोकतान्त्रिक चरित्र मजबुतीको लागि युवाहरुको भुमिका’ विषयक प्रतियोगिता नगरस्तरीय अन्तर दशजोड दुई विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा रामहरी अधिकारी र कुमार नेगीले रहेका थिए । प्रतियोगितामा थाहानगरका ६ वटा दशजोड दुई विद्यालयका ७ विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रम थाहा-४ स्थित फ्यामिली व्यान्क्वेटमा भएको थियो ।

प्रथम स्थान हासिल गर्ने प्रतियोगिलाई नगद ७ हजारसहित प्रमाणपत्र, द्वितीयले नगद ५ हजारसहित प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई नगद ३ हजारसहित प्रमाणपत्र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रतियोगीहरुलाई बिपि कोइरालाद्वारा लिखित कृति “जेल जर्नल“ मायाको चिनो स्वरुप प्रदान गरिएको थियो।

कार्यक्रम नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री, नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर जिल्ला प्रदेश सभा २ (ख) का सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रम थाहा ४ का नेपाली काँग्रेस सभापति श्रीकृष्ण केसीले सञ्चालन गरेका थिए ।

नेपाली राजनिती तथा साहित्यका अग्रणी ब्यक्तित्व विश्वेश्वर प्रसाद कोइरालको जन्म बि.स. १९७१ भदौ २४ गते भएको थियो । उनको जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस थाहानगर समितिले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक श्रीकृष्ण केसीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी