बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा स्वास्थ्यकर्मी र प्रशासनका गरी दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीको पदपूर्ति भएको पाइएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडा, जनस्वास्थ्य प्रयोगशाला, काभ्रे, आयुर्वेद औषधी उत्पादन केन्द्र, चितवन, १३ वटा प्रादेशिक अस्पताल, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडा, स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ, १३ वटै जिल्लामा जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रहेका छन् ।
स्वास्थ्य मन्त्रालय र अन्तर्गतका यी अधिकांश कार्यालय दरबन्दीभन्दा कम कर्मचारीको भरमा चल्दै आएको मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी अभावको समस्या प्रशासनमा भन्दा स्वास्थ्यकर्मीको पदपूर्तिमा रहेको छ । स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा पहिले ८९७ जना स्वास्थ्यकर्मीसहितको दरबन्दी रहेकामा गत आर्थिक वर्षमा बढाएर एक हजार ५७१ जना पु¥याइएको छ ।
नागरिकको स्वास्थ्यमाथि पहुँच वृद्धिका लागि दरबन्दी बढाउने प्रदेश सरकारले निर्णय गरे पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मीको पदपूर्ति हुन नसक्दा समस्या उस्तै रहेको छ ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्