थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको समेत केही भागमा विद्युत आपूर्तिमा अवरोध भएपछि अवरुद्ध सेवा ५ घण्टापछि सुचारु भएको छ ।

३१ भाद्र बेलुकी ८ बजेबाट कुलेखानी ड्याम साईटको स्वीचयार्ड ब्रेकरमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । १ असोज विहान १ बजेबाट विद्युत सेवा सुचारु भएको मर्मतमा खटिएका प्राविधिकहरुले बताएका छन् । उनीहरु रातैभर मर्मत कार्यमा खटिइ फेसबुक ग्रुप मार्फत अपडेट दिइरहेका थिए ।

विद्युत सेवा अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरण पाललुङ वितरण केन्द्रबाट प्राविधिक पठायएको वितरण केन्द्र प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी