
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले यही असोज १२ गते शनिबारको बाढी र पहिरोले खानेपानी र सरसफाइमा पुर्याएको क्षतिको मिलेर प्रतिकार्य गर्न विकास साझेदार संस्थालाई अनुरोध गर्नुभएको छ । Towards Arsenic Safe Drinking Water in Nepal (NeAs Project) को फाइनल सेमिनारमा महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘खानेपानी तथा सरसफाइ क्षेत्रमा बाढी र पहिरोले पुर्याएको क्षतिको मिलेर प्रतिकार्यमा जुटौं ।’
बाढी र पहिरोले खानेपानी र सरसफाइ योजनाहरुमा पुर्याएको क्षतिको विवरण संकलन भैरहेको र देशैभरिका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुबाट क्षतिको विवरण संकलन भएपछि सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख एवं परियोजना संयोजक सिडिई पूर्ण प्रसाद उपाध्यायले परासी जिल्लाको ७ वटा पालिकाका ९४ वटा डिप ट्युवेल, २९ वटा स्यालो ट्युवेल र ९ वटा सतहको स्रोतको पानीमा देखिएको आर्सेनिकको परिणाम सार्वजनिक गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्