मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का सबै गाउँहरुमा अवरुद्ध बिजुली पुनः सुचारु भएको छ । गत १० असोजको वर्षाका कारण पोल तथा तारमा क्षति भई अवरुद्ध भएको विद्युत सेवा गाउँपालिकाको पहलमा मर्मत संचार गरी नवौं दिनमा सुचारु भएको पालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
भीमफेदी गाँउपालिका वडा नम्बर ८ इपाका सबै गाँउहरुका साथै छिमेकी र बकैया गाँउपालिका १२ का कोलखोप, रातोमाटे, ठिगनडाँडा, ठिगन बजार, धारापानी, चिप्लेटी लगाएका क्षेत्रका गरी एक हजार भन्दा बढि घरधुरीमा विद्युत सेवा सुचारु भएको अध्यक्ष लामाको भनाइ छ ।
प्राकृतिक प्रकोपका कारण अवरुद्ध विद्युत सेवालाई सुचारु गर्नका लागि जनश्रमदान गर्नु हुने महानुभावहरु, नेपाल विद्युत प्राधिकरण हेटौडा वितरण केन्द्र, प्राविधिक जनशक्ति सबैलाई अध्यक्ष लामाले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्