बाटो खेलेसंगै गुड्न थालेका सावारी साधनहरु । फोटोः पालिका प्रेस

हेटौंडाबाट काठमाण्डौं जोड्ने छोटो दुरीको हेटौंडा कुलेखानी काठमाण्डौं सडक नौ दिनपछि २० असोजबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने तीनवटै माग अहिले सञ्चालनमा आएको छ ।

छोटो दुरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमाने–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौं तीनवटै मार्गहरु संचालनमा आएको प्रदेशका भौतीक पूर्वाधार मन्त्री अमन कुमार मास्केले जानकारी दिए । बाटो खुलेसंगै उक्त मार्ग हुँदै यातायातका साधनहरु बाक्लै रुपमा सञ्चालन हुन थालेको छ भने त्रिभुवन राजपथमा सवारी चाप कम हुँदै गएको छ ।

बाटो खेलेसंगै गुड्न थालेका सावारी साधनहरु । फोटोः पालिका प्रेस

यसैगरी मार्खु–चित्लाङ–चन्द्रागिरी–काठमाडौं सडक यसअघि नै खुलेको थियो । असोज १० देखि १२ गते परेको अविरल वर्षादले देशभर आएको बाढीपहिरोका कारण अधिकांस राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक मार्गहरु अवरुद्ध भएकोमा कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो २० असोजबाट संचालनमा आएको हो ।

दसै लागिसकेकोले सवारी साधनको आवागमनको चाप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेलतर्फ आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट सवारी साधन चलाउने विषयमा छलफल भइरहेको मन्त्री मास्केको भनाई छ ।

पालिका प्रेस
थप जानकारी