विनयबाबु स्मृति मकवानपुर जिल्लास्तरीय रनिङ शिल्ड भलिबलको प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लब थाहा नगरपालिका वडा नम्बर २ ले उपाधि चुमेको छ । थाहा नगरपालिका वडा नम्बर २ स्थित खेल मैदानमा १७ कार्तिकमा भएको फाइनल खेलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘ए’लाई घरेलु मैदानमा स्तब्ध गर्दै मंगलेश्वरले उपाधि हात पारेको हो ।
फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘ए’लाई ३–२ को सेटमा पछि पारेको हो । मंगलेश्वरले अघिल्लो वर्षको जितको साखलाई निरन्तरता दिदै आयोजकलाई २५–१९, २५–२२ र २५–२३ को सेटको अन्तर लिएको थियो । विजयी भएसंगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ शील्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । द्वितीय भएको आयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘ए’ले नगद २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । तृतीय भएको सशक्त युवा क्लवले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुरका १७ टिमको सहभागीता रहेको थियो । विजेता खेलाडी, टिम तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी घोषित भए । प्रतियोगितामा उत्कृष्ट बेष्ट ब्लकर सुजल कार्की, उत्कृष्ट लिबेरो सुजल कपाली, उत्कृष्ट स्पाइकर रमेश तामाङ, उत्कृष्ट सेटर उत्सव आले मगर तथा उत्कृष्ट नव प्रतिभा खेलाडी किशन थापा घोषित भए भने उत्कृष्ट कोच योग बहादुर सिन्तान घोषित भए । उनीहरुलाई नगदसहित मेडल प्रदान गरिएको थियो ।
थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण तथा खेलकुद समापन कार्यक्रममा नेकपा एमाले थाहानगरका पुर्व अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने, ाहा नगरपालिका २ नम्बर वडा अध्यक्ष बम बहादुर सिन्तान, ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी रायमाझी, पालुङ जेसिजका अध्यक्ष निरज रायमाझी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझी प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेतलगायतकाको आतिथ्यता रहेको थियो । प्रतियोगिता १४ कार्तिकबाट शुरु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको सो समारोहमा प्रतियोगितालाई सफल पार्नका लागि सहयोग गर्ने सहयोगीहरुलाई कदरपत्र वितरण गरिएको थियो ।
सशस्त्र प्रहरीमा सेवारत् थाहा नगरपालिका वडा नम्बर २ का विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो । उनी सेवाका साथै उदयीमान भलिबल खेलाडी समेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्